काठमाडौँ । गुल्मी सदरमुकाम तम्घासमा असंरक्षित सडक बालबालिकालाई व्यबस्थापन गरिएको छ । बजारमा डुलीडुली हिड्ने र व्यक्तिहरुसँग पैसा माग्दै हिड्ने करिब १८ जना बालबालिकालाई जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा व्यबस्थापन गरिएको छ । महेन्द्र मा वि मा रहेको स्काउट भवनमा ती बच्चाहरुलाई व्यबस्थापन गरिएको हो ।
६ महिनासम्म कार्यक्रम सञ्चालन गर्दा पढाइमा भन्दा चरित्र निर्माणमा जोड दिने लक्ष्य रहेको छ । पढ्नु पर्छ, सडकमा माग्दै हिडनु हुँदैन, नचिनेको मान्छेले दिएको कुरा खानु हुँदैन, अनुशासित बन्नु पर्दछ भन्ने जस्ता कुराहरु सिकाएर बिस्तारै नजिकको विद्यालयमा उपयुक्त कक्षामा भर्ना गरी पढाउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
असोज ६ गतेका दिन सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा कम्पनीले गुल्मी शाखाबाट सडक बालबालिकाका लागि न्यानो कपडा तथा फलफूल वितरण गरेको छ । उनीहरुका अभिभावकले बच्चाहरु प्रति अपनत्व नलिएको र पढ्ने लेख्ने उमेरमा बजारमा माग्दै डुल्दै गरेको कारण उनीहरुलाई छुट्टै व्यबस्थापन गर्नु परेको हो ।
उक्त कार्यक्रम महेन्द्र नमुना माध्यमिक विद्यालयका प्र.अ. कृष्णप्रसाद मरासिनीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रम प्रभावकारी भएको भन्दै सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीलाई धन्यबादका साथ सन नेपालको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
महेन्द्र नमुना माविका प्र.अ कृष्ण प्रसाद मरासिनीले सन नेपाल लाईफले गरेको कार्यको प्रशंसा गर्दै कम्पनि तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल लगायत गुल्मी शाखालाई धन्यवाद व्यक्त गरेका हुन् । शाखा प्रमुख सन्तोष कुँवर क्षेत्रीले कार्यक्रम सञ्चालन गर्ने क्रममा बालबालिका व्यवस्थापनको महत्वपूर्ण कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु गरेका थिए ।
कार्यक्रममा सबै बालबालिकालाई निलो रंगको स्वीटर वितरण गरिएको थियो । सोही अवसरमा महेन्द्र माविबाट बालबालिकाका लागि पुस्तक र कापी लगायत स्टेशनरी समेत वितरण गरिएको थियो ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधव राज खरेल, वडाध्यक्ष, शिक्षाप्रमी, समाजसेवी तथा सन नेपाल लाइफका कर्मचारी, अभिकर्ता, मार्केटिङ्ग कोअर्डिनेटर, मार्केटिङ्ग म्यानेजर लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्