Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंक भिसा इन्टरन्यास्नल बाट एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई  सो अवार्ड हस्तान्तरण गरिएको  थियो ।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्क भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो । नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको जनाएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ ।

हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख  भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK