काठमाडौँ । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।
बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गरेकी हुन्। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंकका उच्चपदस्त अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

बैंकले सधैँ आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा बैंकले यस वर्ष भने आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हो ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले बताएकी छन् ।
बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्