काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको खुदनाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा ८५.०७ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशतले बढेको छ । त्यस्तै आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफामा ८६.०१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको सञ्चालन आम्दानी र सञ्चालन मुनाफमा उल्लेख्य बढोत्तरी भएकै कारण खुद नाफामा पनि आकर्षक सुधार भएको बैंकले जनाएको छ । समिक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने २६ करोड ४६ लाख रहेको छ ।
नाफासँगै कुमारी बैंकको प्रतिशेयर आम्दानी (इपीएस)मा पनि वृद्धि भएको छ । समिक्षा अवधिसम्ममा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६३ पैसाले बढ्दै २७ रुपैयाँ २३ पैसा पुगेको छ । कुमारीको जगेडा कोष १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ भने निक्षेप भने १.५८ प्रतिशत घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्