×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा सकिँदै डिजेलको भण्डारण, ४० वर्षपछि इन्धनको हाहाकारसँगै महंगीको चपेटामा पर्न सक्ने प्रवल सम्भावना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अमेरिकामा सकिँदै डिजेलको भण्डारण, ४० वर्षपछि इन्धनको हाहाकारसँगै महंगीको चपेटामा पर्न सक्ने प्रवल सम्भावना

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लगागतारको बढ्दो इन्धनको खपतले अमेरिकामा इन्धनको अभाव देखिन थालेको छ । अमेरिकामा डिजेलको अभाव लगातार बढ्दै गएको भन्दै अमेरिकी इन्धन कम्पनीहरुले आगामी ६ महिनाभित्र अभावले चरम सिमा पार गर्ने चेतावनी दिएका छन् ।

यसो त पछिल्लो समय अमेरिकामा इन्धनको खपत अत्याधिक बढ्दो छ । स्थिति यही अवस्थामा चल्ने हो र अर्थव्यवस्थासँगै इन्धनको प्रयोग सुस्त नभए आगामी ६ महिनाभित्रै अमेरिकामा डिजेलको अभावले सिमा पार गर्ने अमेरिकाको सूचना प्रशासन (इआईए)ले जनाएको छ । इआईएका अनुसार डिजेलको अभाव देखिन थालेसँगै अमेरिकामा चर्को मूल्य वृद्धि पनि देखा पर्नेछ ।

गत साता अमेरिकामा डिजेल र अन्य डिस्टिलेट इन्धनको भण्डारण १० करोड ६० लाख ब्यारेल रहेको इआईएले जनाएको छ । जुन सन् १९८२ पछिको सबैभन्दा कम हो । जुलाईको अन्त्यसम्ममा अमेरिकामा ३० दिनलाई पुग्ने डिजेलको भण्डारण भएको भएपनि अक्टोबरसम्म आईपुग्दा भण्डारण क्षमता झन कमजोर बनेको छ ।

अब अक्टोबर महिनामा डिजेलको भण्डारण केवल २५ दिनको माग मात्र धान्न पुग्ने अवस्थामा रहेको इआईएले जनाएको छ ।

विशेषगरी, मेरील्याण्ड, भर्जिनिया, अलाबामा, जर्जिया, टेनेसी, नर्थ क्यारोलिना, साउथ क्यारोलिनालगायत अमेरिकका दक्षिणपूर्वी राज्यहरु डिजेल अभावबाट बढी प्रभावित बन्ने देखिएको छ । गोल्डम्यान स्याक्सका अनुसार रिफाइनरी बन्द हुनु र रिफाइनिङ क्षमतामा कम लगानी हुनुले अहिलेको डिजेल अभाव सृजना गरेकोे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: