×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप संकलन, कर्जा लगानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

८ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप संकलन, कर्जा लगानी कति ?

Artha Sarokar

२७ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघकाअनुसार बैंकहरुको निक्षेप संकलन गत साताको तुलनामा ८ अर्ब रुपैयाँले घटेको हो ।

दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा कायम भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

साथै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । गत साता कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा हाल ४१ खर्ब ९३ अर्ब पुगेको  छ । समग्रमा असोज महिनामा २१ दिनमा निक्षेप २५ अर्बले बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । बैंकहरुको असोज २१ गतेसम्ममा औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी