×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराही हाइड्रोपावरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने, कात्तिक ४ गतेदेखि आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

बाराही हाइड्रोपावरले २ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने, कात्तिक ४ गतेदेखि आवेदन दिन सकिने

२७ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बाराही हाइड्रोपावरले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुलाई आइपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहने कम्पनीले जनाएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक काम गर्ने भएको छ ।

लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: