काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति बिनोद चौधरी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदाता भेटघाट अभियानमा रहेका चौधरी अहिले प्राय बाईकमा सवार देखिन्छन् ।
मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाइकलको पछाडी बसेर भुईमान्छेजसरी चुनावी प्रचारप्रसारमा जुटेका छन् । मतदाता भेटघाट अभियानमा रहेका चौधरीले व्यवसायीक जिवनसँगै राजनीतिक जिवनबाट आर्थिक समृद्धिको क्रान्ती गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत चुनावी प्रचारको फोटो सार्वजनिक गर्दै चौधरीले प्रत्यक्ष रुपमा जनताको घर आँगनमा रहेको बताएका छन् । ‘मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनतामाझ पुर्ण समर्पित भएको छु’, उनले भनेका छन्, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै कृषकका हर समस्या समाधान गर्ने उर्जा र संकल्पसहित आएको हुँ ।’
चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी हुन् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्