×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुको मनपरी व्याज बढोत्तरीका कारण धरासायी बन्दै व्यवसाय, ‘कमाएर व्याज तिर्न सक्ने अवस्था अहिले छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकहरुको मनपरी व्याज बढोत्तरीका कारण धरासायी बन्दै व्यवसाय, ‘कमाएर व्याज तिर्न सक्ने अवस्था अहिले छैन’

Artha Sarokar

२७ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । बैंकले नियामकको अटेर गर्दै आफूखुसी व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरे बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्षसमेत रहेका घिमिरे बैंकले व्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्न सक्ने अवस्था नरहेको बताएका छन् । उनी भन्छन्,‘व्यापार गरेर कमाएर व्याज तिर्नसक्ने अवस्था अहिले छैन ।’ व्यावसायिक रुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको व्याज दर सान्दर्भिक नभएको उनको भनाइ छ । राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको पनि उनी बताउँछन् । यस्तै सरकारले लगानीमा सहुलियत दिनुपर्ने उनको भनाइ छ ।  जिल्लामा पर्यटन व्यवसायमा रु १५ अर्बभन्दा बढी लगानी भएको घिमिरेले बताए ।

यता उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले पनि तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको बताएका छन् । कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको भनाइ छ । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी रु १० देखि १२ अर्ब रहेको उनले बताए । उनले भने, ‘बैंकिङ क्षेत्रले व्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ ।’

पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उनले जानकारी दिए । राज्यकोतर्फबाट बैंक व्याजदर घटाउन पहल नहुने वा सहुलियतामा व्याज नदीने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईको तर्क छ । बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेको गुनासो उनले गरेका छन् । राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उनको भनाइ छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले व्याजदरका कारण व्यवसाय धरासाही बन्दै गएको बताए । व्याजदर बढोत्तरीका कारण असोजपछि धेरै व्यवसाय बन्द हुने पनि उनले बताए । उनी भन्छन्, “नियमनकारी निकायको उदाशिनताका कारण समस्या आएको हो ।” राष्ट्र बैंकले पहिलाको अवस्थामा व्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी अवस्थामा पुग्नेछ ।

यसैगरी उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले व्याज बढाउँदा हरेक क्षेत्रको मूल्यवृद्धि भएको बताए । व्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताएका हुन् । बैंकको व्याजदर वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उनको भनाइ छ । व्याजदर घटाउने विषयमा उद्योग वाणिज्य महासङ्घमार्फत सरकारसँग समन्वय गरिएको सङ्घ अध्यक्ष श्रेष्ठले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी