काठमाडौं । चाडपर्व नजिकिएसँगै देशभरका सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतका डिपार्टमेन्ट स्टोर तथा मार्टहरुका सयौँ शाखामा एनआईसी एशिया बैंकले विशेष छुटको व्यवस्था गरेको छ । बैंकले
डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै ग्राहकको सहजताका लागि किनमेलमा नयाँ अफर र छुटको व्यवस्था गरेको हो ।
बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धन तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने योजना हो । जसले डिजिटल भुक्तानी विस्तार गर्न सहयोग गर्ने छ । यसमा बैंकले चाडपर्वका बेला हुने किनमेलमा छुट तथा क्यासब्याकको समेत अफर ल्याएको छ ।
भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक तथा छुट उपलब्ध हुने बैंकले जनाएको छ । जसको लागि ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्छ ।
बैंकले यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्मका लागि ल्याएको हो । यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ्ग एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।
हाल एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्