×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको शतप्रतिशत नगद मार्जिन नीतिको प्रभाव : तिहारका झिलीमिली बत्तिको आयातमा समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र बैंकको शतप्रतिशत नगद मार्जिन नीतिको प्रभाव : तिहारका झिलीमिली बत्तिको आयातमा समस्या

Artha Sarokar

२८ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले बताएका छन् । नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

विद्युतीय वस्तु आयातमा राष्ट्र बैंकले शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताएका छन् । तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघले जनाएको छ ।

गत वर्ष तिहारमा विद्युतीय सामग्रीको व्यापार ३५ देखि ४० करोड रुपैयाँ हाराहारी रहेकामा यसपाली यस्तो हुने नदेखिएको महासंघका महासचिव कोमल पोख्रेलले बताए । ‘व्यवसायीहरु अझै पनि जतिसक्दो आयात बढाउनेमा केन्द्रित छन् । हामी यी वस्तुको आयात र उपलब्धताका विवरणहरु अध्ययन गरिरहेका छौं,’ महासचिव पोख्रेल भन्छन्, ‘पुराना बत्ती बनाउन आउने र नयाँको खरिदका लागि बजार कसरी अघि बढ्छ भन्ने हेरिरहेका छौं ।’

यो वर्ष हालसम्म आयात भएका तिहार लक्षित उत्सव बत्तीबारे अझै विस्तृत विवरण आइनसकेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा ४९ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको ४८ लाख ५७ हजार ८ सय ९९ थान विद्युतीय उपकरण नेपाल भित्रिएका छन् । जसमा झिलिमिली बत्तीको विवरण छुट्ट्याइएको छैन ।

गत वर्ष समीक्षा अवधिमा ५१ करोड ७१ लाखको विद्युतीय सामग्री नेपाल आयात भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ३४ करोड ३५ लाख ५ हजार रुपैयाँको ३३ करोड ७ लाख १२ हजार ७७ थान विद्युतीय सामग्री आयात भएको थियो जसमा २ करोड ५८ लाख ९९ हजार रुपैयाँको झिलिमिली बत्ती मात्रै थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी