काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।