काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।