×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैश्विक भोकमरी सूचकाङ्कमा नेपाल ८१औँ स्थानमा, श्रीलंकाको अवस्था दक्षिण एशियाकै सबैभन्दा राम्रो

PRIME CA
GLOBAL IME BANK

वैश्विक भोकमरी सूचकाङ्कमा नेपाल ८१औँ स्थानमा, श्रीलंकाको अवस्था दक्षिण एशियाकै सबैभन्दा राम्रो

२९ आश्विन २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१औँ स्थानमा पुगेको छ । सन् २०२२ को वैश्विक भोकमरी सूचकाङ्क (ग्लोबर हंगर इन्डेक्स)मा नेपालको अवस्था ८१औँ स्थानमा मापन गरिएको छ । यद्यपी इन्डेक्सका अनुसार नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको तुलनामा राम्रो छ ।

१२१ देशको वरियतामा भारत १०७औं स्थानमा रहेको छ भने पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ । यसभन्दा अघि गत वर्ष ११६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा रहेको थियो ।

यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ । वैश्विक भोकमरी सूचकांक कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरुको मानमा यसको मापन गरिन्छ ।

जीएचआईलाई १०० अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो । यो अंक १०० हुनु सबैभन्दा खराब अवस्था हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: