काठमाडौं । जुवा खेलेको आरोपमा काठमाडौंको एक रिसोर्टबाट करिब ४ लाख नगदसहित प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । तिहारको समयमा नागार्जुन नगरपालिका ७ स्विजरल्यान्डपार्क नजिकै रहेको दहचोक सिटी भ्यू रिसोर्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई बिहीबार राती ८ बजे पक्राउ गरेको हो । ‘जुवा र कौडा खेलेको भन्ने सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई फेला पारेका हौँ’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले भने, ‘नगदसहित १८ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका उनीहरुबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ । यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्