×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दर्ताबिना सञ्चालन भएका व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिने अल्टिमेटम, अटेर गरे आर्थिक ऐन अनुसार कार्वाही गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दर्ताबिना सञ्चालन भएका व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिने अल्टिमेटम, अटेर गरे आर्थिक ऐन अनुसार कार्वाही गरिने

Artha Sarokar

२ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ताबिनै सञ्चालन भएका व्यवसाय दर्ता गर्न अल्टिमेटम जारी गरेको छ । मंगलबार ३० दिने अल्टिमेटम जारी गर्दै महानगरले दर्ता नभएका व्यवसाय तत्काल दर्ता गर्न निर्देशन दिएको हो ।

सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसाय समेत महानगरभित्र दर्ता नभएको पाइएको महानगरले जनाएको छ । यस्ता व्यवसाय आगमी ३० दिनभित्र दर्ता गर्न र नगरेमा आर्थिक ऐन अनुसार कार्वाही गर्ने समेत महानगरपालिकाले चेतावनी दिएको छ ।

‘महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार, व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ’ -महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो सँगै सूचना अटेर गरेर समयावधिभित्र व्यवसाय दर्ता नगरेमा हानगरको आर्थिक ऐन २०७९ को अनुसूची ७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुली गरिने महानगरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी