काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२.५ प्रतिशत राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
योसँगै कुमारी बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने दोस्रो बैंक बनेको छ ।
हाल कायम चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५ प्रतिशत नगद लाभांश बाँड्ने बैंकले साधारणसभाको मिति भने तय नभएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको उक्त लाभांश वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्