काठमाडौं । कुमारी बैंकले लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । एनसीसी बैंकसँग मर्जरमा जाने तयारी गरेको कुमारी बैंकले वितरण गर्ने लाभांश पारित गर्नका लागि कार्तिक २१ गते साधारणसभा बोलाएको हो । बैंकको २२औँ साधारणसभा नक्साल कार्यालयमा ११ बजे शुरु हुनेछ ।
कुमारी बैंकले गतवर्षको मुनाफाबाट १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ । अव साधारणसभाबाट सो लाभांश पारित भएसँगै बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
बैंकका अनुसार सभाले सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने, कर प्रयोजनसहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । यद्यपी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्