Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौँ । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९३ हजार ४ सय ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी युगराज रेग्मीको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोख्रेलको नाममा रहेको ४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंककै संस्थापक सेयरधनी, सर्वसाधारण लगानीकर्ता, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौँमा निवेदन पेश गर्नुपर्नेछ ।

यसअघि संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नपरेको हुनाले अन्य लगानीकर्तालाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK