×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादीको संकल्पः ‘टुटल, पठाओलाई वैधानिकता दिन्छौँ, प्रत्येक शहरमा विद्युतीय गाडी सरर गुड्छन्…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माओवादीको संकल्पः ‘टुटल, पठाओलाई वैधानिकता दिन्छौँ, प्रत्येक शहरमा विद्युतीय गाडी सरर गुड्छन्…’

Artha Sarokar

१४ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा माओवादी केन्द्रले अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई कानुनी मान्यता दिने घोषणा गरेको छ । माओवादीले चुनाव लक्षित आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै यसरी राइडिङ सेयर गर्ने सेवालाई वैधानिकता दिएर नियमन गर्ने जनाएको छ ।

नेकपा माओवादीको प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाभित्र कम्तीमा ५०० विद्युतीय बस संचालन गर्ने एजेण्डा समेत उल्लेख गरिएको छ । त्यस्तै, प्रदेश तथा पालिकाहरुका प्रमुख सहरमा विद्युतीय यातायात संचालनको व्यवस्था गर्ने विषयसमेत घोषणापत्रमा समावेश गरिएको छ ।

त्यस्तै, माओवादीले विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गर्ने, प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा विद्युतीय चार्जिङ स्टेसनहरूको निर्माण गरिने समेत जनाएको छ ।

यो सँगै नेकपा माओवादी केन्द्रले सामूहिक उद्यमशीलताको विकास गर्न १० जनाभन्दा बढी युवा मिलेर उद्यम स्थापना गरे कुल लगानीको ५० प्रतिशतसम्म सहभागिता तथा अनुदानको व्यवस्था गर्ने विषयमा प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल निर्माण गरी उनीहरूलाई सामूहिक तथा निजी उद्यम स्थापना गर्न उद्योग–व्यवसायलाई बिउ पूँजी, ब्याज अनुदान, बीमा प्रिमियममा छुट तथा प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी