काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नबिल बैंकले खुद नाफामा ४१.३० प्रतिशतले वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले पहिलो त्रैमासमा ४१.३० प्रतिशत बढी अर्थात १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा ४०.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकले सोही अवधिमा कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत र सञ्चालन मुनाफामा ४०.३८ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी भने घटेको छ ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २.२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्