काठमाडौँ। नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यी दुई कम्पनीबीच संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति गरियो । संयुक्त मर्जर समितिका संयोजकका रूपमा क्षितिज खड्कालाई मनोनित गरिएको छ ।
मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्