×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको नाफामा १९ प्रतिशतले गिरावट, संचालन नाफा १६ प्रतिशतले घट्दा इपीएस ७ रुपैयाँले तल झर्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बैंकको नाफामा १९ प्रतिशतले गिरावट, संचालन नाफा १६ प्रतिशतले घट्दा इपीएस ७ रुपैयाँले तल झर्यो (विवरणसहित)

Artha Sarokar

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफामा १९ प्रतिशतले गिरावट आएको छ । बैंकले सो अवधिको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा खुद नाफा १९.९७ प्रतिशतले घट्दै ६० करोड ४० लाख ९८ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत वर्ष बैंकले सोही अवधिमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नाफा घटेपनि समिक्षा अवधिसमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ । यता बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्चमा पनि वृद्धि भएको छ ।

समिक्षा अवधिसम्म बैंकको सञ्चालन नाफामा १६.४३ गिरावट आएको छ । बैंकको संचालन नाफा घटेसँगै खुद नाफामा दबाब परेको हो । त्यस्तै यो अवधिमा बैंकको वितरणयोग्य नाफा घटेर ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा नेपाल बैंकको प्रतिसेयर आम्दानी (इपीएस)मा भारी गिरावट आएको छ । यो अवधिमा बैंकको इपीएस ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक)मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी