काठमाडौं । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । बोर्डले विभिन्न पदमा २३ जनाका लागि जागिर खुलाएको हो ।
सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ ।
बोर्डले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको हो । यसमा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
साथै, दोब्बर दस्तुर तिरेर थप एक साता (कार्तिक २४ ) गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिन सकिने र परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने बोर्डले जनाएको छ ।