काठमाडौँ । नेपाल ल्यूब आयल लि.को ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभा मार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । सेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।’
कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य शेयरधनीहरूले आ–आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्छौं ।’
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसंग रहेको जनाएको छ ।
त्यस्तै, गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेट्न सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको कम्पनीले दावी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्