×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलताको अभाव टार्न बैंकिङ प्रणालीमा बिहिबार ३० अर्ब पठाउँदै नेपाल राष्ट्र बैंक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तरलताको अभाव टार्न बैंकिङ प्रणालीमा बिहिबार ३० अर्ब पठाउँदै नेपाल राष्ट्र बैंक

Artha Sarokar

२७ आश्विन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले तरलताको अवाभ टार्न आज बिहिबार ३० अर्ब रुपैयाँ बराबरको रिपोको बोलकबोल गर्नेछ ।

सो रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तिय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । यो रिपो कात्तिक ३ गते परिपक्क हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी