Skip to content
LAXMI SUNRISE BANK

आइतबार बन्द भएको सेयर कारोबार अव छठपछि मात्रै खुल्ने

अर्थ सरोकार

काठमाडौं । तिहार लागेसँगै गत आइतबारदेखि बन्द भएको नेप्से सोमबार मात्रै खुल्ने भएको छ । अन्य वर्ष तिहार सकिएलगत्तै सरकारी कार्यालय खुल्ने भएपनि यसवर्ष तिथिको घटबढका कारण सार्वजनिक बिदा लम्बिएपछि नेप्से पनि छठपछि मात्रै खुल्ने भएको हो ।

दशैंमा नौ दिनपछि शेयर कारोबार खुलेको थियो भने तिहारमा सात दिनपछि कारोबार हुने भएको छ । गत साताको आइतबार नेप्से १८५.९३ अंकमा पुगेर बन्द भएको थियो । सो दिन १४.३५ अंकले बढेको नेप्सेमा ५१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

पछिल्लो तथ्यांक अनुसार नेप्सेमा कुल बजार पुँजिकरण २६ खर्ब ७३ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK