×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल क्यापिटलले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, बोर्डको निर्णय पारित गर्न साधारण सभा डाक्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईबिएल क्यापिटलले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, बोर्डको निर्णय पारित गर्न साधारण सभा डाक्यो

Artha Sarokar

२८ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईबिएल एस क्यापिटलले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत अर्थात २७ करोड नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुने जनाएको छ ।

संचालक समितिले गरेको निर्णय अनुसारको लाभांश पारित गर्न क्यापिटलले कात्तिक १८ गते दशौँ साधारण सभा बोलाएको छ । क्यापिटलका अनुसार सभा क्यापिटलकै सभाहल लाजिम्पाटमा हुनेछ ।

सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।

सभाका लागि चालु आर्थिक वर्ष २०७९(८० का लागि लेखापरिक्षक नियुक्ति र तलव निर्धारण गर्ने एजेन्डा तयार गरिएको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी