×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले साढे पाँच अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले साढे पाँच अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

Artha Sarokar

६ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे पाँच अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ र ३६४ दिन अवधिका लागि ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

९१ दिन अवधिका लागि ३ अर्ब ६० करोड र ३६४ दिन अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी माघ १० गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको ट्रेजरी बिल २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । सोमबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ ।

यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी