काठमाडौँ । अण्डा उत्पादक व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् । कुखुरा व्यावसायका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् ।
आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । अर्कोतर्फ सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका समस्या समाधान गर्न ठूला व्यवसायीले ‘नेपाल लेयर्स कुखुरापालक सङ्घ’ समेत गठन गरेका छन् ।
अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी सङ्घका अध्यक्ष विनोद पोखरेले दिएका छन् । उनले समयमै यसतर्फ सरकारले ध्यान नदिए नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताए । ‘छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउँछौँ । अध्यक्ष पोखरेले भने ,’अब हामीले समयमै पहलकदमी गरेनौँ भने हामी व्यवसायी विस्थापितमात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ ।’
सङ्घका संरक्षक एवं नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले लागत मूल्य घटाएर उत्पादन बढाइ बजारीकरण गर्न सङ्घ लाग्ने बताएक छन् । ‘व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको हो । महासङ्घका अध्यक्ष विष्टले भने,’ सङ्गठित भएर व्यवसाय बचाउनुपर्छ’
एउटै अण्डामा रु पाँचदेखि छ रुपैयाँसम्म नोक्सान व्यहोर्दा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको सङ्घका महासचिव शोभाकान्त ढकालले बताएका छन् । यस्तै दानाको कच्चा पदार्थको मूल्य र बैंकको ब्याज घटाउन नसकेमा व्यवसायी नटिक्ने भनाइ उनको रहेको छ।
लागत मूल्य बढ्दा पनि अण्डाको मूल्य भने १५ वर्षअघिको र अहिले को उही भएकोले व्यवसायबाट पलायन हुने अवस्था आएको बिजु ग्रुपबाट सञ्चालित दुम्किबास पोल्ट्री फार्मका अप्रेशनल म्यानेजर एवं सङ्घका सदस्य सञ्जिव खनालले बताएका छन्। त्यसकारण यसतर्फ ठूला व्यवसायी सङ्गठित भएर लाग्नुपर्ने अवस्था आएको पनि बताए यस्तै उनि व्यवसायी र सरकारबीच सहकार्य हुन नसके नेपालको पोल्ट्री व्यवसाय समाप्त हुने तर्क गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्