×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिबन्ध गरिएका वस्तुको आयात खोल्न व्यवसायीको माग, मदिरा र गाडीको प्रतिबन्धले राज्यलाई नै घाटा भएको निश्कर्ष

PRIME CA
GLOBAL IME BANK

प्रतिबन्ध गरिएका वस्तुको आयात खोल्न व्यवसायीको माग, मदिरा र गाडीको प्रतिबन्धले राज्यलाई नै घाटा भएको निश्कर्ष

२८ आश्विन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लामो समयदेखि प्रतिबन्ध गरिएको मदिरा र गाडीको आयात खुलाउन माग गरिएको छ । बिहीबार नेपाल समुद्रपार निकासी पैठारी संघले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध गरिएका वस्तुको आयात सहज बनाई देश र व्यवसायीको हितमा कदम चाल्न सरकारसँग माग गरेको हो ।

बढी राजस्व संकलन हुने बस्तुको आयातमा लगाइएको रोकले राज्यलाई नै ठूलो घाटा भएको संघले जनाएको छ । यो सँगै मदिरा र गाडीमा लगाइएको रोकले अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायी मर्कामा परेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै संघले प्रतिबन्ध लगाइएका सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको संघको दावी छ ।

गत बैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले जिप, कार, भ्यानजस्ता निजी सवारी साधन, मदिरा, ३ सय डलरभन्दा बढीको मोबाइल र १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । यो सँगै संघले ब्याजदर नियन्त्रणका लागि समेत सरकारसँग माग गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: