काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई क्षमताभन्दा कम लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट नौ वर्ष यताकै कम १०.९८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
गत आर्थिक वर्ष २०७८र७९ मा २ अर्ब २९ करोड २९ लाख ९ हजार ३ सय २७ रुपैयाँ नाफा कमाएको थियो । बैंकले समिक्षा अवधिसम्ममा १ अर्ब ४६ करोड ९९ हजार १ सय ४५ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । तर, बैंकले सेयरधनीका लागि क्षमताभन्दा कम लाभांश प्रस्ताव गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यसवर्ष भने बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश गरी कुल १०.९८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
गत असार मसान्तसम्ममा बैंकको कुल चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको थियो भने जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्