Skip to content
LAXMI SUNRISE BANK

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

अर्थ सरोकार

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कार्तिक १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो ।

जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK