×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबिआई बैंकको नाफामा ६८.२३ प्रतिशतले वृद्धि, इपीएसमा पनि आकर्षक बढोत्तरी, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एसबिआई बैंकको नाफामा ६८.२३ प्रतिशतले वृद्धि, इपीएसमा पनि आकर्षक बढोत्तरी, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

Artha Sarokar

८ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंकको खुद नाफामा ६८.२३ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको जनाएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकको खुद नाफामा ६८.२३ प्रतिशतले वृद्धि भएको छ । यो सँगै बैंकको खुद नाफा ६३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खुद आम्दानी पनि ५३.५४ प्रतिशतले बढेको छ । त्यस्तै बैंकको खुद फि तथा अमिशन आम्दानी १.२० प्रतिशतले बढको छ भने कुल सञ्चालन आम्दानीमा ३९.८१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सोही अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ६७.९६ प्रतिशतले उकालो लागेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

त्यस्तै असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (इपीएस) ९ रुपैयाँ ८३ पैसा बढेर २५ रुपैयाँ ५४ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ७.३४ प्रतिशत, निक्षेप ६.४४ प्रतिशत र कर्जा ६.५८ प्रतिशत बढेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी