×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको तिहार स्पेशल अफर, दाजुभाईलाई मिठो खुवाउँदा १५ प्रतिशत छुट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशियाको तिहार स्पेशल अफर, दाजुभाईलाई मिठो खुवाउँदा १५ प्रतिशत छुट !

Artha Sarokar

१ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । तिहार सुरु हुन तीन दिनमात्रै बाँकी रहँदा काठमाडौंको न्यूरोड, असनदेखि विभिन्न डिपार्टमेन्ट स्टोरमा सेवाग्राहीको घुँइचो छ । वर्षमा एकचोटी आउने हिन्दुहरुको महान पर्व तिहारलाई धेरैले स्पेशल बनाउने तयारी गरिरहेका छन् । यसैबीच एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै फुड डेलिभरीमा तिहार स्पेशल छुटको व्यवस्था गरेको छ ।

देशभर अत्याधिक प्रयोग र धेरैको रोजाईमा परेको फुड डेलिभरी कम्पनी फूडमाण्डु र भोजडिलबाट खाना अर्डर गर्दा १५ प्रतिशत वा ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै तिहारको अवसरमा युजी केक्स र स्वाद सदनबाट अर्डर गर्दा १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याकको आफर ल्याएको छ ।

दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकलाई चाडपर्वको खुशीयाली बाँड्न यस्तो छुट अफर ल्याएको एनआईसी एशिया बैंकले जनाएको छ । बैंकका अनुसार यस्तो छुट पाउनका लागि ग्राहकले भुक्तानीको समयमा एनआईसी एशिया बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

‘हामीले दसैंअघि नै यो अफर सुरु गरेका हौं । दसैंमा हाम्रा लाखौं ग्राहकले विभिन्न स्टोर, मर्चेन्टबाट यस्ता छुट र क्यासब्याक पाइसक्नुभएको छ’, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले भने, ‘तिहार र छठको अवसरमा पनि हामी दाजुभाइ तथा दिदीबहिनीसँग खुशी बाँड्न चाहन्छौं । दिदीबहिनी र दाजुभाइबीच मीठो खाने रहरमा हाम्रो साथ रहेको छ ।’

फूडमाण्डु र भोजडिल जस्तै २७ वटा मर्चेन्टमा एनआईसी एशिया बैंकले यस्तो कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक उपलब्ध गराएको छ । यसरी छुट अफर पाइनेमा सुपरमार्केट, एयरलाइन्स, फुड डेलिभरी, ई–कमर्श प्लटेफर्मदेखि अन्य संस्थाहरु रहेका छन् ।

बैंकका अनुसार यो अफर कात्तिक १५ गतेसम्म रहेको छ । बैंकले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी र साथीमार्टमा किनमेल गरेर डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । भाटभटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ । जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन् ।

त्यस्तै सीजी डिजिटलबाट २५ हजारभन्दा माथिका सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । बिग डिजिटल र त्रिवेणी ग्रुपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म क्यासब्यक प्राप्त गर्न सकिन्छ । अन्य आधा दर्जन ई–कमर्श प्लेटफर्मबाट सामान किन्दा पनि १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

त्यस्तै इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जीबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्रि, लस्कर फुड्स एण्ड डेलिभरी र ओखर स्टोरमा किनमेल गर्दा एनआईसी एशिया बैंकले विशेष छुट उपलब्ध गराएको छ ।

हाल बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सञ्चालन गरेर ग्राहकलाई सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी