×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राती भरतपुर ११ भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगो लागेको हो ।

प्रहरीका अनुसार आगलागीबाट कार्यालयभित्र रहेका फर्निचर जलेका छन् । ‘आगलागी हुँदा कुनैपनि मानवीय क्षति भएको छैन’, चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भने, ‘तर, कार्यालयमा रहेका प्लाष्टिकका कुर्सी, साइन बोर्ड लगायतका सामानमा क्षति भएको छ ।’

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एसपी अधिकारीका अनुसार घटनाको बारेमा ढिलो गरी प्रहरीमा जानकारी आएको थियो । पार्टीको सम्पर्क कार्यालय भएकोले ठूलो क्षति नभएको र घटनाबारे थप अनुसन्धान चलिरहेको एसपी अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी