काठमाडौं । बैंकको बढ्दो ब्याजदरको विरोधमा काठमाडौंमा पनि प्रदर्शन हुने भएको छ । ब्याजवृद्धिको विरोधमा देशैभरीका व्यवसायी सडकमा उत्रिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध व्यवसायीहरुले पनि प्रदर्शन गर्ने भएका हुन् ।
आफुखुसी ब्याज वृद्धि गरेर व्यवसाय नै धरासायी बनाएको भन्दै उद्योगी व्यवसायीहरुले शुक्रबार बैंकहरुले बढाएको ब्याजदरको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् । व्यवसायीका अनुसार आन्दोलनको पहिलो चरणमा शान्तिपूर्ण मौन विरोध गरिनेछ ।
बढ्दो ब्याजदरको विरोधमा देशैभरीका व्यापारी आन्दोलनमा उत्रिएका बेला त्यसप्रति सरकारको ध्यान केन्द्रित गराउनका लागि देशको मुटुमा प्रदर्शन गर्ने घोषणा गरेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् । ‘हाम्रो विरोध शान्तिपूर्ण हुनेछ । शान्तिपूर्ण तरिकाले मौन विरोध गर्नेछौँ’, उनले भने, ‘अहिले ब्याजको पिरले व्यापारी मर्ने स्थितिमा पुगेका छन्, राज्य गम्भिर हुनैपर्छ ।’
अध्यक्ष श्रेष्ठका अनुसार विरोध कार्यक्रममा काठमाडौं उपत्यकाका सम्पूर्ण जिल्ला नगर उद्योगा वाणिज्य संघ तथा वस्तुगत संघहरुको समेत समर्थन रहेको छ । विरोध कार्यक्रम शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ ।
यसभन्दा अघि रुपन्देही उद्योग वाणिज्य संघले पनि ब्याज वृद्धिको विरोधमा कालोपट्टीसहित प्रदर्शन नै गरेको थियो । त्यस्तै, सुर्खेतमा त व्यवसायीहरुले बैंक बहिष्कार अभियान नै चलाएका छन् । यति हुँदा पनि सरकार व्यवसायीहरुको माग सम्बोधनमा गम्भिर नभएर आन्दोलनले स्वरुप बदल्न सक्ने व्यवसायीहरुले चेतावनि समेत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्