काठमाडौं । अजोड इन्स्योरेन्सको विशेष साधारणसभा हुने भएको छ । इन्स्योरेन्सको साधारणसभा मंसिर ९ गते हुने भएको हो । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको हो । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीको हाल कायम पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश गर्नेछ । हाल यस कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, सभाले प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ ।
साथै, अन्य उपयुक्त निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णयसमेत अनुमोदन गर्नेछ । विषेश साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
अजोड र प्रभु इन्स्योरेन्सबीच गत असार ३२ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । हाल दुवै कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । प्रभु र अजोडका बीचमा १००ः७० अनुपातमा सेयर आदान-प्रदान हुने गरी मर्जर सम्झौता भएको हो । हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ र अजोडको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्