×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेनको विरोध गरिरहेका आन्दोलनकारीहरुले नारा बिर्सिएर ‘बालेन साह हाई हाई’ भनेपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालेनको विरोध गरिरहेका आन्दोलनकारीहरुले नारा बिर्सिएर ‘बालेन साह हाई हाई’ भनेपछि…

Artha Sarokar

१३ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयले आक्रमण गरे । ढुंगा, पेट्रोल बम, ईंटा र घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका बस्तीका स्थानीयको आक्रमणबाट महानगरको टोलीका दर्जनौ सदस्य घाइते भए ।

स्थानीयले ढुंगामात्रै प्रहार गरेनन्, बरु सडकमा टायर बालेर नाराबाजीसमेत गरे । उनीहरुले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)को राजिनामा माग गर्दै नारा लगाए ।

‘बालेन साह राजिनामा दे’, ‘ज्यान जाला छोड्दैनौ, मर्न पछि हट्दैनौ’, ‘बालेन साह मुर्दावाद’, – उनीहरु चिच्याईरहेका थिए । तर, एकाएक बालेन साहको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीले नारा बिर्सिए, र भन्न थाले – ‘बालेन साह हाई हाई, बालेन साह हाई हाई ।’

बालेन साहको विरोधमा गरिएको नाराबाजीमा आन्दोलनका अगुवाले ‘बालेन साह हाई हाई’ भनेपछि अन्य आन्दोलनकारीले पनि केहि समय साथ दिए । तर, केहिबेरमा उनीहरु रोकिए । र पुन: बालेन साह मुर्दाबाद भन्दै उर्लिन थाले ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी