काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरले पहिलो त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १०.८६ प्रतिशतले कम हो।
कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा ९९ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो । वित्तीय खर्च बढ्नाले यसको नाफा प्रभावित बनेको देखिएको छ । असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १८.२१ प्रतिशतले बढेर ३ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरले विद्युत् बिक्रीबाट ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि ७.३५५ ले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ करोड ९८ लाख रुपैयाँ थियो ।
बरुणको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहको छ भने रिटेन अर्निङमा ८२ लाख २४ हजार रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्