×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा, विद्यालयहरु २ गतेदेखि नै बन्द हुने

काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाएको छ ।

त्यस्तै, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनि निकायहरुमा मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विाद दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ’ -सूचनामा उल्लेख गरिएको छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: