काठमाडौँ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समय नगद निकाल्न सक्ने भएका छन् ।
बैंकको अनुसार सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रअल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जिक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।
ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जिक्सभित्र गई निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रअल आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकका लागि ल्याएको यो नविनतम सेवाका कारण निकै सहज भएको सेवाग्राहीहरुको भनाइ रहेको छ । ‘बैंकले प्रविधिको प्रयोग र नविनतम सेवा बिस्तारमा गरेको प्रगती तारिफयोग्य छ । अझ एटिएम कार्डको प्रयोगबिनै पनि पैसा झिका सकिने सुविधा त झनै चमत्कारिक छ ।’, बैंकका एक ग्राहकले भने, ‘यो सुविधाले हामीलाई साह्रै सजिलो भएको छ । यो सुविधा देशभरका शाखाहरुमा भए अझै राम्रो हुने थियो ।’
यता बैंकले बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।
हाल एनआईसी एशिया बैंक मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्