Skip to content
LAXMI SUNRISE BANK

केयर रेटिङ नेपालको साधारणसभा मंसिर १५ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार

काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडको साधारणसभा हुने भएको छ । कम्पनीको छैठौं वार्षिक साधारणसभा मंसिर १५ गते हुने भएको हो । सभा केयर रेटिङ नेपाल लिमिटेड, पाचौँ तल्ला, स्टार मल पुतलीसडक, काठमाडौंमा दिउँसो ३ः१५ बजे सुरु हुने भएको छ।

कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्ने भएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK