×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकको सेयर कारोबार फुकुवा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेन्चुरी बैंकको सेयर कारोबार फुकुवा !

Artha Sarokar

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा भएको छ ।  नेप्सेले सेन्चुरीको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

अब मंसिर १२ गते सोमबारदेखि बैंकको सेयर कारोबार पुनः सुरु हुने भएको छ । प्रभु बैंकले प्राप्ति गर्ने भएपछि सेन्चुरी बैंकको सेयर कारोबार गत साउन १६ गतेदेखि रोक्का रहेको थियो । यी दुई बैंकले साउन १५ गते एक्विजिसन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

एक्विजिसनका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि दिइसकेको छ । प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा सेन्चुरीलाई एक्वायर गर्न लागेको हो । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी