×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुल्मी १ : प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका भण्डारी विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित भएका छन् । ज्ञवालीलाई नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार कांग्रेसका भण्डारी ३३ हजार ७४४ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एमालेका ज्ञवालीले ३२ हजार १५२ मत पाएका छन् ।

यसभन्दा अघि २०७४ सालको निर्वाचनमा भण्डारीले ज्ञवालीसँग हार बेहोर्नुपरेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: