काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो त्रैमासमा ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४९.४९ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानीमा भने ८.३१ प्रतिशतले सुधार भएपनि इम्पेयरमेन्ट चार्ज बढी हुँदा सञ्चालन नाफामा ४९.४९ प्रतिशतले गिरावट आएको छ । जसका कारण खुद नाफा घटेको हो ।
लघुवित्तको खराब कर्जा १.८८ प्रतिशतबाट बढेर २.६० प्रतिशतमा पुगेको छ । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि गत वर्षको भन्दा ९ रुपैयाँ ९१ पैसाले घटेर १० रुपैयाँ ११ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २ पैसा रहेको थियो भने कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्