×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिवाईसी नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४४.७३% ले घट्दा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिवाईसी नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ४४.७३% ले घट्दा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

२० कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४४.७३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ ।

संस्थाको खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशतले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो । सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ । संस्थाको खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशत कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी