काठमाडौं । डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् ।
देउवाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका छन् भने एमाले र बीपी कांग्रेसका सझा उम्मेदवार कर्ण मल्लले भने ७ हजार ५३५ मत पाएका छन् ।