×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावी लफडामा गोली चल्दा एकजनाको ज्यान गयो

बाजुरा । चुनावी लफडामा गोली चल्दा बाजुरामा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्र ऐडीको मृत्यु भएको हो ।

मतदानको क्रममा विवाद सृजना हुँदा प्रहरीले चलाएको गोली लागेर ऐडीको ज्यान गएको वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिएका छन् । विवादमा प्रहरीले गोली चलाउदा आधा दर्जन बढी स्थानीय घाइते भएका छन् ।

ऐडीको मृत्युपछि स्थानीयहरु नाराबाजीमा उत्रिएका छन् । मतदान सकिने बेलामा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । घाइते भएका अन्यहरुको पहिचान भने खुल्न सकेको छैन । अहिले सो क्षेत्रमा तनाव सृजना भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: