×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषा-३ संघमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनुषा-३ संघमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा रहेकी छिन् ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहेका छन् । प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा छन् ।

येस्तै नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी